Logo

हिन्दुराष्ट्र जनताको माग हो, राजतन्त्र फर्काउनका लागि होइन- काँग्रेस महामन्त्री कोइराला



विराटनगर, २९ मंसिर । नेपाली काँग्रेसका महामन्त्री डा. संशांक कोइरालाले हिन्दुराष्ट्रका लागि जनमतसंग्रह गर्न तयार हुनुपर्ने बताएका छन् । उनले हिन्दुराष्ट्र राजतन्त्र फर्काउनका लागि नभएको बताए ।

आज विराटनगरमा पत्रका भेटघाटमा कोइरालाले भने,‘हिन्दुराष्ट्रका लागि जनमतसंग्रह गर्न तयार हुनुपर्छ ।’ काँग्रेसले बहुमत लयायो भने जनमतसंग्रह गर्न तयार हुनुपर्ने समेत बताए । उनले भने, ‘हिन्दुराष्ट्र भनेको राजतन्त्र फर्काउनका लागि होइन ।’ उनले राजतन्त्र नफर्कने समेत बताए । तर, कोइरालाले हिन्दुराष्ट्रमा जोड दिए । उनले भने,‘हिन्दुराष्ट्र जनताको माग हो ।’

कोइरालाले कोइराला परिवारबाट सरसल्लाह गरेर एकजना सभापतिको उम्मेदवार बन्ने बताए । डा. शेखर कोइराला र सुजाता कोइराला पनि सभापतिको दाबेदार रहेको उल्लेख गर्दै भने, ‘हामी तीनजना सरसल्लाह गरेर एकजना सभापतिको उम्मेदवार बन्ने हो ।’

काँग्रेसको देशभर प्रदर्शनका क्रममा मोरङको सभालाई सम्बोधन गर्न डा. सशांक कोइराला विराटनगर पुगेका हुन् । उनी कोइराला निवास पुगेर पार्टीका कार्यकर्तासँग पनि भेटेका थिए ।



प्रतिक्रिया दिनुहोस्