Logo

बिल गेट्सले भ्याक्सिन पर्याप्त नपाएसम्मको छ महिना भयावह हुने खतरा औल्याए



एजेन्सी, २९ मंसिर । विश्वभर तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसको खोपको प्रतिक्षामा विश्व नै रहेको छ । भाइरसको खोप बजारमा पर्याप्त मात्रामा अझै महिनौँ लाग्न सक्ने छ ।

यस बीचको समय महामारीले भयावह रुप लिने विषयलाई बिल गेट्सले अन्तराष्ट्रिय सञ्चार माध्यम सिएनएनसितको अन्तरवार्तामा बताएका छन् । उनले भने, ‘कोरोना भाइरसको संक्रमण र मृत्यु दर अ‍ेमरिकालगायत अन्य देशमा उकोलो लागिरहेको छ । भ्याक्सिन आउनु भन्दाको ४ देखि ६ महिना भाइरस अझै भयानक रुप लिन छ । हामीले कोरोना संक्रमण फैलिन नदिन उपायहरुलाई सही ढंगले अपनाएर हिड्यौँ भने यसको संक्रमण र मृत्यु दरलाई कम गर्न सक्छौं ।

कोरोना भाइरसको संक्रमणले अमेरिकामा तीव्र रुप लिएको विषयमा बिल गेट्सले जवाफमा अमेरिकाले संक्रमणलाई न्युनी करण गर्न सक्षम रहेको आशा गरेको थिए तर त्यो भएन र अ‍ेमरिकालाई मृत्यु दर घटाउन गम्भीर रुपमा लिनु पर्ने आवश्यक रहेको टहर गरेका छन् । साथै उनले सन् २०१५ मा दिएको एक अन्तरवार्तामा अगामी आउने दिनमा अमेरिकाले भारी मात्रामा मृत्यु हुने विषयलाई प्रकाश पार्दै आफ्नो अनुमान सही भइरहेको बताए । कोरोना भाइरसले विश्वकै अर्थव्यस्थालाई धक्का पुगेको बताए । तर, सन् २०१५ मै भविष्यवाणी गरेको अर्थतन्त्रमा अहिलेकोे विश्वको अर्थतन्त्र उकालो लागेको र साकारात्मक दिशा तर्फ गएकोमा खुशी समेत व्यक्त गरे ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्