काठमाडौं, ३० मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले सरकारले आज ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश तत्काल खारेज गर्नुपर्ने माग गरेका छन् । उनले सरकराले संविधानको मर्म र भावनाविपरित अध्यादेश ल्याएको टिप्पणी गरेका छन् । डा. कोइरालाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्,”संविधानको मर्म र भावना विपरीत ल्याईएको “संवैधानिक परिषद सम्बन्धि अध्यादेश” तुरुन्तै खारेज गरियोस। यो अध्यादेश हामीले भन्दै आएको अधिनायकवादको सिंढी हो।”





प्रतिक्रिया