Logo

भगवान विष्णुका २४ अवतारमध्येका यी अवतार



८. भगवान ऋषभदेवः भगवान विष्णुले ऋषभदेवको रुपमा आठौ अवतार लिएका थिए । महाराज नाभिको कुनै सन्तान थिएनन् । त्यसकारण उनले धर्मपत्नी मेरुदेवीको साथमा पुत्रको कामनाबाट यज्ञ गरे । यज्ञबाट प्रसन्न भएर भगवान विष्णु स्वयं प्रकट भए र उनले महाराज नाभिलाई वरदान दिए म नै तिम्रो पुत्रको रुपमा जन्म लिनेछु । वरदान स्वरुप केही समय पछि भगवान विष्णु महाराज नाभिको पुत्रको रुपमा जन्मे ।

९. आदिराज पृथुः विष्णुको एक अवतारको नाम आदिराज पृथु हो । एक महर्षिले मन्त्रले पुत कुशबाट उसको हत्या गरे । तब महर्षिले पुत्रहिन राजालाई वेनको भुजाको मन्थन गरे जसबाट पृथु नामको छोरा जन्मिए । पृथुको दाहिने हातमा चक्र र चरणमा कमलको चिन्ह देखेर ऋषिहरुले पृथुको वेषमा स्वयं श्रीहरिको अंश अवतरित भएको हो ।

१०.मत्स्य अवतारः पुराणको अनुसार भगवान विष्णुले सृष्टिलाई प्रलयबाट बचाउन मत्स्यअवतार लिएका थिए । एकदिन राजा सत्यव्रत नुहाउदै गर्दा एउटा माछा अचानक आयो र मलाई पानीमा नछाड्न भनेपछि उनले कमन्डलमा राखे । कमन्डलमा नै माछा ठुलो हुदै गइन् । राजाले यो कुनै सामान्य चिज होइन भनेर पत्ता लगाउन प्राथना गर्न थाले । राजाको प्राथना सुनेर भगवान विष्णु प्रकट भए भने यो मेरो मत्स्यअवतार हो । उनले राजालाई भने, ‘आजको ७ दिनपछि प्रलय हुनेछ तब तब मेरो प्रेरणाबाट एक विशाल नाव तिम्रो नजिक आउनेछ । तिमी सात ऋषि, औषधि, बिउ लिएर प्राणीहरुको सुक्ष्म शरीरलाई लिएर त्यसमा बसेर जानु, जब तिम्रो नाव डगमगाउन लाग्नेछ, तब म मत्स्यको रुपमा तिमीहरुको नजिक आउनेछु ।’ यो कथा भगवान विष्णुले राजा सत्यव्रतलाई दिएको उपदेश मत्स्यपुराण नामबाट प्रसिद्ध छ ।

११. कुर्म अवतारः भगवान विष्णुले कुर्मको अवतार लिएर समुन्द्र मन्थनमा सहायता गरेका थिए । यसलाई विष्णुको कच्छप अवतार पनि भनिन्छ ।

१२. भगवान धन्वन्तरिः धर्म ग्रन्थ अनुसार देवता र राक्षसहरु मिलेर समुन्दै मन्थन गरेका थिए । त्यसबाट निस्किएको विषलाई शिवले पिएका थिए । त्यसपछि अन्तमा भगवान धन्वन्तरि अमृत कलश लिएर प्रकट भएका थिए ।

१३. मोहिनी अवतारः धर्म ग्रन्थअनु्सार समुन्दू्र मन्थनको अन्त्यमा धन्वन्तरि अमृत कलश लिएर निक्ले । त्यो कलशलाई देवगण र राक्षसले कसले लैजाने भन्नेमा मार काट भयो । त्यो समयमा भगावन विष्णुले मोहिनी रुप लिएर प्कट भए ।

१४. भगवान नृसिंहः भगवान विष्णुले दैत्यको राजा हिरण्यकशिपुको हत्या गर्नलाई नृसिंह अवतार लिएका थिए ।

१५. वामन अवतारः सत्ययुगमा प्रहादको नाति दैत्यराज बलिने स्वर्गलोकमा अधिकार जमाएका थिए । सबै देवता विपत्तिबाट बच्नलाई भगवान विष्णुको मा गए । विष्णुले देवमाता अदितिको गर्भबाट उत्पन्न भएर तिमीहरुलाई स्वर्गको राज्य दिउला भन्ने बचन दिए । केही समय पश्चात विष्णुले वामन अवतार लिए ।

१६. हयग्रीवअवतार: एकपटक मधु र कैटभ नामका २ शक्तिशाली राक्षसले ब्रह्माजीबाट वेद हरण गरे । ब्रह्माले विष्णुलाई दुखी हुँदै सुनाए । त्यो समयमा विष्णुले हयग्रीवको अवतार लिए र मधु रर कैटभको हत्या गरेर वेद ब्रह्मालाई फिर्ता दिए ।

१७. श्रीहरि अवतारः धर्मग्रन्थअनुसार एक त्रिकुटमा शक्तिशाली गजेन्द्र बस्थे । एकपटक तलाउँमा गोहीसँग उनको लडाई प¥र्यो । गोहीले पानी भित्र लैजान खोज्यो । उनीहरुबीच लडाई एक हजार वर्षसम्म चलिरह्यो । अन्तमा गजेन्द्र थाके र श्रीहरिको नाम जपेर ध्यान गर्न थाले । त्यो समयमा विष्णुले श्रीहरिको अवतार लिए र गोहीको हत्या गरिदिए । भगवान श्रीहरिले गजेन्द्रको उद्धार गरिदिए । क्रमश…



प्रतिक्रिया दिनुहोस्