Logo

प्रधानमन्त्री ओलीले राजीनामा मागेपछि नेकपा प्रमुख सचेतक गुरुङको यस्तो भनाई आयो (भिडिओसहित)



काठमाडौं, १ पुष । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले आफूले पार्टीका शीर्ष नेताहरुसँग सल्लाह, छलफल र समन्यव गर्ने काम गर्दै आएको सुनाए । उनले पार्टीको स्थायी कमिटी बैठक बसिरहेकोले बैठकको आपसी सल्लाह र निर्णयअनुसार नै आफूले काम गर्ने सुनाए । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा सार्वजनिक रुपमा नबोलेको पनि स्पष्ट पारे । उनले आफूले व्यक्तिगत टिकाटिप्पणी नगरेको जिकिर गरे । उनले भने,‘विचारको प्रश्न हो । सिद्धान्तको प्रश्न हो । लाईनको प्रश्न हो । व्यक्तिगत टिप्पणी मैले गर्दिन् । विचार र राजनीतिबाट पराजित हुँदै गएपछि व्यक्तिगत टिप्पणी गर्ने हो ।’ प्रधानमन्त्री ओलीले त तपाईँको राजीनामा माग्नुभयो नि त ? भन्ने प्रश्नमा उनले भने,‘यो त संस्थाको कुरा हो । यो व्यक्तिको कुरा होईन् । व्यक्तिगत लेनदेलनको मामिला होईन् । पार्टीको बैठक चलिरहेको छ । पार्टीले हटाउन चाहयो भने त जतिखेर पनि हटाउन सकिहाल्छ नि । मैले त्यसमा हुनैपर्छ भनेर दाबी गरेको विषय पनि होईन् । रहर गरेको विषय पनि होईन् ।’



प्रतिक्रिया दिनुहोस्