Logo

राष्ट्रपतिको भूमिकामाथि नेकपा नेतृ भुषालको यस्तो टिप्पणी (भिडिओसहित)



काठमाडौं, २ पुष । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ तथा सांसद पम्फा भुषालले आफूहरु ८३ जना सांसदहरुको हस्ताक्षरसहित संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै समावेदन दिन गएको तर राष्ट्रपति कार्यालयले सकारात्मक व्यवहार नगरेको स्पष्ट पारेकी छिन् । बालुवाटारमा बसेको पार्टीको स्थायी कमिटी बैठकमा सहमति भएपछि मात्रै आफूहरु शितलनिवासबाट फिर्ता भएको पनि उनले सुनाईन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले संसदको अधिवेशन बोलाउने, सरकारले गरेको गलत कदम सच्याउनको लागि माग गर्दा सुनुवाई नभएको तर २४ घण्टा पनि बित्न नपाउँदै फिर्ता गर्नुपर्ने अध्यादेश चाहीँ राष्ट्रपतिले तुरुन्तै लालमोहर लगाएको गुनासो पोखिन् । राष्ट्रपतिले आफ्नो संस्थाको गरिमा, ओजलाई कायम गर्न सक्नुपर्ने पनि जोड दिईन् । हेरौं कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्