Logo

उपत्यकामा भोलिबाट सवारीमा जोर विजोर प्रणाली हट्ने (सूचनासहित)



काठमाडौं, २ पौष । भोलि शुक्रबारबाट लागू हुने गरी उपत्यकामा जोर बिजोर प्रणाली हट्ने भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले जोर बिजोर प्रणाली हटाइएको सूचना जारी गरिसकेका छन् ।

कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी रोकथामका लागि लकडाउन गरिएको र त्यसलाई हटाएपछि जोर बिजोर प्रणाली लागू गरिएको थियो । यसले सर्वसाधारणलाई निकै समस्या परेको थियो ।

भोलिबाट जोर बिजोर प्रणाली लागू भएपनि स्वास्थ्यसम्बन्धी मापदण्ड पालना भने गर्नुपर्ने छ । सरकारले यसका लागि निगरानी गर्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्