Logo

१२० वर्ष स्वस्थ जीवन बाँच्नसक्ने बनाउने औषधी



वैज्ञानिकहरुले मानिसको औसत आयु बढाउनको लागि पुरै कोशिश गरिरहेका छन् । यसको लागि वैज्ञानिकहरुले एन्टी एजिंग ड्रगको परिक्षणको तयारी गरिरहेका छन् । अबको केही समयमा नै परिक्षण सकिनेछ ।

हालसम्म पनि यसलाई साइन्स फिक्सन जस्तै लाग्ने गरेको छ । तर, वैज्ञानिकहरुले मानिसहरुको बढ्दो उमेरलाई रोक्नमा सम्भव हुने र लगभग मानिस १२० वर्ष सम्म स्वस्थ भएर बाँच्न सक्ने विश्वास गरिरहेका छन् ।

वैज्ञानिकहरुले पहिला एन्टी एजिंग ड्रगको परिक्षणको क्रममा अल्जाइमर र पार्किसन्स जस्ता रोगहरु हटाउनको लागि उपाय खोज्ने भएका छन् । यदि त्यो परिक्षण सफल भएमा ७० वर्षका मानिस पनि ५० वर्षको मानिस जस्तै स्वस्थ हुन्छ ।

यो भन्दा पहिला वैज्ञानिकहरुले डायबेटिज ड्रग मेटफार्मिनले जनावरको उमेर बढाउने प्रमाणित गरेका थिए । अमेरिकाका फुड एन्ड ड्रग एडमिनिस्ट्रेशनले मानिसमा ट्रायल गर्न दिएमा मानिसमा पनि यसले प्रभाव पार्न सक्ने बताएका थिए ।

अर्का प्रोफेसरका अनुसार बढ्दो उमेरलाई यस प्रक्रियाले बिस्तारै–बिस्तारै कम गर्दै जानेछ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्