प्रधानमन्त्री ओली बाहिरिएलगत्तै दाहाल निवास खुमलटारमा माधव नेपालको प्रवेश


काठमाडौं, ४ पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेको छ। भोलि पार्टी स्थायी कमिटीको बैठक बस्दैछ । तर, बैठकको अघिल्लो दिन नेकपाका शीर्ष नेताहरुको दौडधुप सुरु भएको छ । आज विहानमात्रै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न दाहाल निवास खुमलटारमा पुगेका थिए ।

दुई अध्यक्षबीच पार्टी विवादलाई कसरी समाधान गर्ने भन्ने विषयमा कुराकानी भएको बताईएपनि के के कुराकानी भयो भन्ने कुरा अहिलेसम्म दुवै पक्षले खुलाएका छैनन् । अध्यक्षद्धयको भेटवार्तामा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी थिए । प्रधानमन्त्री ओली खुमलटारबाट बाहिरिएलगत्तै वरिष्ठ नेता माधव कुमार नेपाल अहिले खुमलटार पुगेका छन् । प्रधानमन्त्री ओली भने खुमलटारबाट बाहिरिएर गृहमन्त्री रामबहादुर थापा बादललाई भेट्न मन्त्री क्वाटर पुलचोक पुगेका छन् । File Photo/ReportersNepal