Logo

विवाहमा ज्वाईलाई उपहार विषालु सर्प



हरेक देश र समाजमा विवाह गर्ने नियम र संस्कार फरक छ । हरेक पिताले आफ्नो छोरीलाई राम्रो घरमा विवाह गर्न चाहान्छन् । कसैले विवाहमा छोरीलाई दाइजो दिने गर्छन् । दाइजो दिने परम्परा सदियौ देखि चल्दै आएको छ । कैयौ स्थानमा त मानिसहरुले दाइजो थोरै दिएको आरोपमा बुहारीलाई दुःख दिने गर्छन् । दाइजो दिनु र लिनु कानुन विपरित मानिएपनि यो परम्परा रोक्न भने सरकारले सकेको छैन ।

मध्य प्देशमा एक विशेष समुदायमा छोरीको विवाहमा दाइजोको रुपमा २१ विषालु सर्प दिने गरिन्छ । गौरियाको समुदायका मानिसहरुले ज्वाईलाई विषालु सर्प उपहार दिने गर्छन् । २१ वटा सर्प दाइजोको रुपमा दिने समुदायमा सदियौ वर्षदेखि यो परम्परा चल्दै आएको हो । यदि कसैले छोरीको विवाहमा विषालु सर्प दाइजो नदिदाँ छोरीको विवाह चाँडै नै बिग्रने मान्यता समुदायका मानिसहरुले राख्दै आएका छन् ।

विवाह तय भएपछि बेहुलीका पिताले आफ्नो ज्वाईलाई उपहार दिनलाई नै सर्प समात्न सुरु गर्छन् । उनीहरुले गेंहुअन जस्ता विषालु सर्प समात्न पनि पछि पर्दैनन् । आश्र्चयको कुरा त त्यहाँका बच्चाहरु पनि विषालु सर्प देखेर डराउँदैनन् । उनीहरु मजाले सर्पसँग खेल्ने गर्छन् ।

त्यहाँका मानिसहरुले सर्प समातेर नै पैसा कमाउने गर्छन् । सर्प समातेर बेचेर नै घर गुजारा चलाएका हुन्छन् । उनीहरुको यदि गल्तीले सर्प बक्समा मरेमा सबै गाउँका मानिसहरुलाई बोलाएर खाना खुवाउनु पर्छ र पुरै परिवारका सदस्यले कपाल मुन्डन गर्नुपर्छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्