Logo

मोटाउने रहरले यी महिलाको तौल ७२१ किलो पुगेपछि…



प्राय महिलाहरु स्लिम देखिन मन पराउछन् । तर कोही महिला त्यसको ठिक उल्टो मोटो बन्न पनि चाहान्छन् । ५१ वर्षकी पैटी सांसेज यो विश्वकै मोटी महिला भएकी छिन् । पैटीले १० वर्षसम्म हरेक दिन १३ हजार क्यालोरी खाएर आफ्नो तौल बढाएकी हुन् । तौल बढ्दै जाँदा उनको तौल ७२१ किलो पुगेको छ ।

पैटीको सपना पुरा गर्नलाई उनका प्रेमीले सहयोग गरेका थिए । उनका प्रेमीले नै उनलाई हातले खाना खुवाउने गर्थे । तर एकदिन त्यस्तो दुखद दिन पनि आयो, दुवैजनाबीच कुरा हुँदै जाँदा ब्रेकअप सम्म पुग्यो ।

वास्तवमा उनीहरुबीच विवाद आएको खानाकै कारण भएको उनका प्रेमीले बताएका छन् । साथीले पठाएको खानाको कारण दुईबीच झगडा भएको थियो र त्यही कारणले उनीहरु अलग भएका छन् । पैटी हाल ४ सन्तानकी आमा हुन् । ब्रेकअपपछि उनको खानाको डाइट र जीवनशैलीनै परिर्वतन भएको छ । पैटीले अहिले त खाना आफै बनाउन सिकेकी छिन् । पैटी आफैले बनाएको खानाबाट तौल बढाउनमा लागेकी छिन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्