Logo

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ



भक्तपुर, ७ पुस । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मध्यपुर सानोठिमीस्थित अनुदान चोकबाट नगद १ हजार रुपैयाँ दिँई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा सानोठिमी बस्ने काभ्रे बनेपा घर भएका गणेश थापा सोमबार बेलुका पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले बा.१९ च १६७८ नम्बरको कार जाँच गर्ने क्रममा आवश्यक कागजपत्र नभएको फेला पारी नियन्त्रणमा लिने क्रममा गणेशले उक्त रकम दिन खोजेपछि प्रहरीले सो रकम र कार सहित उनलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्