Logo

६ दिनसम्म कमिला खाएर बाँचे यी मानिस



अष्ट्रेलियाका एक व्यक्ति कमिला खाएर नै ६ दिनसम्म बाँचेका छन् । रेग फागडी नामका ती व्यक्तिले रेगिस्तानमा बाटो बिर्सिएका थिए । उनी कहाँ पुगे पत्तै पाएनन् । असाध्यै भोक लागेपछि कालो कमिला खाएर ६ दिनसम्म बताए । अहिले उनको यो कुराले सबैजना आश्चर्यमा परेका छन् ।

ग्रेट विक्टोरिया रेगिस्तानमा बाटो भुलेका फगाडीलाई लगातार प्रहरी खाजीरहेको थियो । प्रहरीले एक रुखको मुनि बेहोश अवस्थामा उनलाई भेट्टाएको थियो । प्रहरीले समयमै उनलाई औषधि र उपचार गरेर उनको होश आएको थियो ।

फागडीले पछिल्लो २ दिनबाट यो रुखको मुनि बसेका थिए र पछिल्लो ६ दिनबाट कमिलामात्र खाएर बिताएको बताएका छन् । रेगिस्तानमा हराएका फागडी उक्त समयमा टी शर्ट, शर्ट र चप्पल लगाएका थिए । एजेन्सी



प्रतिक्रिया दिनुहोस्