Logo

दुई मीटर लामो नङ बनाउने यी मानिस



यो दुनियाँमा प्रत्येक व्यक्तिको आफ्नै किसिमको शोख हुन्छ । कसैको इच्छा यस्ता हुन्छन् जुन कहिल्यै पुरा गर्न सकिदैन । भारतमा व्यक्तिले शोखकै कारण हातको नङ २ मिटर लामो बनाएका छन् । श्रीधर चिलानले १९५२ देखि हातका नङ काटेका छैनन् । अहिले उनको नङ दुई मीटर लामो भएको छ । सबैभन्दा लामो नङ हुनेमा उनले विश्व रेकर्ड पनि राखिसकेका छन् ।

उनले नङलाई एक संग्रहालयमा दिने सोच बनाएका छन् । उनी लामो नङ भएकै कारण हाल चर्चामा छन् । श्रीधरले विवाह गर्नलाई नङको कारण गाह्रो भएको बताएका छन् । १०÷१२ जना युवतीहरु त उनको नङकै कारण विवाह गर्न नमानेका उनी बताउँछन् । यदि कोही विवाह गर्न तयार भएमा उनीहरुका माता–पिताले अस्वीकार गर्थे । आफ्नो छोरीलाई लामा नङले चिथारेर मार्छ भन्ने डरले नै छोरी दिन तयार हुन्नथे ।

नङ पाल्ने सोचको बारेमा श्रीधरले सुरुमा विद्यालय सम्झन्छन् । उनले एकदिन शिक्षकले नङ नकाटेको भनेर कुटेपछि अब कहिल्यै नकाट्ने वाचा गरे ।

हाल उनका लामा नङ देखेर कसैले काममा पनि राख्न नचाहाने उनको भनाई छ । जसको काण काम खोज्न उनलाई धेरै गाह्रो भएको थियो । यति मात्र नभएर घरमा पनि उनको कपडा धुन कोही मान्दैनथे । लामा नङ भएपनि आफैले हातले धुनु पर्थ्र्यो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्