Logo

ओलीको कदम गलत साबित हुनेछ : डा. रिजाल (भिडिओसहित)



काठमाडौं, ७ पुष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली र पछिल्लो कदमको विरोध गरेका छन् । संसदले बहुमतको प्रधानमन्त्री दिनसक्ने अवस्थामा संसद विघटन नहुने उनको तर्क छ । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ओलीबाट भएको गल्ती कोर्स करेक्शन हुने पनि उनले जनाए । बेलायतको संसद पढेर नेपालको संसद विघटन नहुने पनि उनको तर्क छ । file photo/RN



प्रतिक्रिया दिनुहोस्