Logo

जनावरलाई पाहुना बनाएर विवाह गर्ने यो जोडी



सामान्यतया विवाह एक खास तरीकाले गर्ने प्रचलन छ । कसैले त आफ्नो क्षमता भन्दा पनि धेरै खर्च गरेर विवाह गर्छन् । विशेष गरी विदेशमा प्राय मानिसहरुले आफ्नो विवाहलाई सम्झन योग्य बनाउने गर्छन् । अलग तरीकाले गर्ने सोच राख्छन् । इंग्ल्यान्डमा एक जोडीले विवाहमा त्यस्तै आश्चर्य लाग्दो तरीका अपनाएर विवाह गरेका छन् ।

फ्रिक्ली र उनकी प्रेमिका जेटेट स्टिलले विवाहमा केही जनावरलाई पाहुना बनाएका छन् । उनीहरुको विवाहमा बिच्छी, अजिंगर, बादर लगायत जम्मा ३० वटा जनावरहरुलाई निमन्त्रणा दिइएको थियो ।

विवाहका आएका अन्य पाहुनाहरुले यी जनावरहरु हेरेर खुशी हुँदै फोटोशुट गराएका थिए । इंग्ल्यान्डमा एक कम्पनीले विवाहमा जनावर चाहिएमा उपलब्ध गराइदिने गर्दछ । यो कम्पनीको नाम द पार्टी एनिमल्स राखिएको छ । यस कम्पनीले दुई घन्टाको लागि १० हजार रुपैयाँ चार्ज लिने गर्छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्