Logo

गलत नम्बरले जुराएको गजबको जोडी



अमेरिकाका मिसौरीमा ५३ वर्षका केसी बेर्घ र उनी भन्दा करीब ३० वर्ष कान्छा हेनरी ग्लेंडेनिंगबीचको सम्बन्धले सबैलाई चकित बनाएका छन् । उनीहरु एक भइसकेका छन् । दुवैजनाले आफ्नो परिवारको सहमतिमा विवाह गरेका छन् र उनीहरु हाँसी खुशी दिन बिताइरहेका छन् ।

यी जोडीबीचको कहानी निकै रोचक छ । एक दिन केसीले आफ्नो सहकर्मीलाई म्यासेस पठाएकी थिइन्, तर उक्त म्यासेज गल्तीले हेनरीको मोवाइलमा पुग्यो । केसी उक्त समयमा बिजनेस ट्रिपमा थिए । म्यासेज पाएपनि हेनरीले केसीलाई विनम्रतापुर्वक बताए र केसीले उनीसँग माफी पनि मागिन् । हेनरीले केसीसँग मित्रता गर्ने कुरा गरे । केसीले पनि स्विकार गरीन् ।

फोनमा कुराकानी गर्दै उनीहरुको हप्तापछि भेट्ने कुरा भयो । भेटेपछि आफुहरुबीच भएको उमेरको अन्तरको महसुस गरेनन् तर, दुवैजनाबीचमा विस्तारै–विस्तारै आकर्षण र माया बढाउदै लगे । करीब २ वर्षको मायापछि केसीले विवाह गर्ने प्रस्ताव राखिन् र हेनरीले पनि सहजै स्विकार गरे ।

दुईजनाबीच उमेरको अन्तर ३० वर्षको छ तैपनि हेनरीका अभिभावकले पनि सहमती दिएका छन् । हेनरीको उमेर केसीको छोरीसँगको बराबर छ । यद्यपि छोरीहरुले हेनरीलाई पिताको रुपमा अपनाएका छन् । हेनरीसँग विवाह गर्नु भन्दा पहिलै केसी विवाहीत थिइन् । केसीको अनुसार हेनरीसँग भेट्नु भन्दा पहिला दुई विवाह गर्ने सोचेकी थिइनन् । उनले दुवैजनाको सोचको स्तर एउटै भएकोले उमेरले केही फरक नपार्ने बताइन् ।

केसी र हेनरी कैयौपटक शर्पिग मल तथा सार्वजनिक स्थानमा गोप्य रुपमा भेट्ने गर्थे । तर धेरैले आमा र छोरा भन्ने गर्थे । एजेन्सी



प्रतिक्रिया दिनुहोस्