Logo

मनोवैज्ञानिक रोगको कारण युवती नेत्रहीन भएपछि…



अमेरिकाको क्यारोलिनामा बस्ने ३० वर्षकी एक महिलाले आफै नेत्रहीन भएकी छिन् । ज्वेल शुर्पिंग नामकी ती महिला ६ वर्षको उमेरदेखि बडी इंटेग्रिटी आइडेंटिटी डिसअर्डरबाट पिडित थिइन् ।

बडी इंटेग्रिटी आइडेंटिटी डिसअर्डर नामको यस रोगले मानिसलाई दुृष्टिहिनको अनुभुति गराउछ । यो रोगको सम्बन्ध सिधै दिमागसँग हुने गर्छ । दिमाखसँग जुन अंग छुट्छ त्यस अंगलाई मानिसले बोझ महसुस गर्छ । मानिसलाई शरीरबाट उक्त अग छुट्टिएको जस्तो महसुस हुन्छ ।

अति सुन्दर आँखा भएकी ज्वेल शुपिंग हाल पुरै अन्धो भएकी छिन् । उनले आफ्नो स्वस्थ्य आँखामा नली सफा गर्ने केमिकल हालेर आफै अन्धो भएकी हुन् । उनले आफ्नो बालपनदेखि आँखाबाट छुटकारा पाउने इच्छा भएको बताएकी छिन् ।

उनी ६ वर्षको हुँदा नै आफु दृष्टिहिन चाहान्थिन् । यस्तै सोच्दै उनले कालो चस्मा लगाएर लठ्ठी बोकेर ह्निे गर्थिन् । २० वर्ष पुगेपछि भने उनले त्यो इच्छा पुरा गरेकी छिन् । ज्वेलको अनुसार उनी लगभग २१ वर्ष पुगेपछि सपना बदल्न सुरु गरेकी थिइन् । यसको लागि उनले मनोवैज्ञानिकको सहयोग लिइन् । पहिला क्यानडामा गएर आईड्रप हालिन र पछि ड्रेन क्लिनर २÷२ पटकसम्म दुवै आँखामा हालिन् । ड्रेन क्लीनरको कारण उनलाई आँखा र वरपर धेरै पोल्यो, तर उनी झन खुशी भईन् ।

तर हाल भने उनी पछुताएकी छिन् । ज्वेलले आफु जस्तै रोगीहरुलाई सम्बन्धित विशेषज्ञहरुसँग सल्लाह बिना यस्तो काम नगर्न भनेकी छिन् । यस विषयमा जति दोषी ज्वेल र रोग छ त्यो भन्दा धेरै दोषी मनोवैज्ञानिक पनि रहेका छन् । बिरामीलाई सही सल्लाह दिनुको सट्टा दृष्टिहिन हुन उक्साएका थिए । एजेन्सी



प्रतिक्रिया दिनुहोस्