Logo

शाहिद कपुरले यसकारण करण जौहरसँग काम गर्न अस्विकार गरे



एजेन्सी, ९ पुस । बलिउड अभिनेता शाहिद कपुर अहिले आगामी फिल्मको तयारीमा व्यस्त छन् । उनी चाडैनै शशांक खेतानको निर्देशनमा बन्न लागेको फिल्म ‘योद्धा’ मा देखिने तयारीमा थिए । यसलाई करण जौहरको ब्यानर धर्मा प्रोडक्शनले बनाएको हो ।

शाहिद कपुरले यस फिल्मको हिस्सा बन्नलाई अस्विकार गरेको खबर बाहिर आएको छ । जानकारी अनुसार फिल्मको शुर्टिङ सुरु हुनेभन्दा पहिले नै निर्माता र शाहिद कपुरबीच विवाद भएको हो । फिल्मको स्क्रिप्टलाई लिएर शाहिद र निर्माताबीच केही मतभेद भएपछि अभिनेता आफैले फिल्मबाट अलग भएका हुन् ।

फिल्म ‘कबिर सिंह’ को सफलतापछि शाहिद आफ्नो छुट्टै प्रोजेक्टको बारेमा सोचिरहेका छन् । यसको साथै शुर्टिङको मितिमा पनि धेरै आनाकानी गर्ने गर्छन् । रिपोर्टको अनुसार शाहिदले गरेको निर्णयको कारण करण जौहरले फिल्मलाइृ आधिकारीक रुपमा घोषणा गनै पाएका छैनन् ।

‘योद्धा’ फिल्म एक एक्शन पुर्ण फिल्म हुनेछ । निर्माताले शाहिद कपुरसँग मिलेर २०२१ जनवरीमा शुर्टिङ सुरु गर्दै थिए । फिल्ममा अभिनेत्रीको रुपमा लिड रोलमा दिशा पाटनीको नाम आइरहेको छ ।

शाहिद कपुर चाडैनै साउथ फिल्म विजय सेतुपतिको साथमा डिजिटल डेब्यु गर्न लागिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्