Logo

सुगाले पत्ता लगायो हत्यारा



उत्तर प्रदेशका आगरामा बस्ने पत्रकार विजय शर्मा एकदिन बेलुका आफ्नो घरमा पुगे । उनले आफ्नी श्रीमती र कुकुर मरेको देखे । घरको उक्त हालत देखेर प्रहरीले चोरी भएको अनुमान गरेपनि सत्य घटना पत्ता लगाउन सकेन् । प्रहरीले अनुसन्धानको लागि अगाडि बढ्न कुनै माध्यम पाएको थिएन् । त्यो समयमा विजयले आफ्नो घरमा पालेको सुगालाई ध्यान दिए । सुगाले पटक–पटक एक व्यक्तिको नाम लिइरहेको थियो ।

सुगाले त्यो व्यक्तिको नाम केही दिनबाट रटिराखेको थियो । तर, सुगामाथि कसैको ध्यान गएको थिएन् । अचानक सुगातिर ध्यान गयो र उसको नामका फोन डिटेल निकाल्यो र उसको घरको खोजिमा लाग्यो ।

वास्तवमा ती व्यक्ति विजयको भतिजा हुन् । उसको नाम आशुतोष हो । प्रहरीले उसलाई समातेर सोधपुछ गर्दा उनी निकै आत्तिएका थिए । आशुतोषले आत्तिदै काकीको हत्या गरेको आरोप स्वीकार गरे ।

आशुतोषले बहुमुल्य सामान चोर्नको लागि काकाको घरमा साथीहरुसँग गएको बताए । काकीले थाहा पाएपछि उनको साथमा कुकुर पनि थियो त्यसैले कुरा बाहिर आउने डरले मारेको बताए । उनले काकीले चर्को स्वरमा कराएको र कुकुरले आफुहरुलाई हमला गरेको प्रहरी समक्ष सुनाए । तर सुगा भने पिंजडामा चुपचाप बसेको थियो । त्यसैले सुगाले केही बिगार्दैन भन्ने लागेर छाडेका थिए । एजेन्सी



प्रतिक्रिया दिनुहोस्