Logo

जग्गा खरिद गरेर अलग देश र आफैलाई राष्ट्रपति घोषणा



रेगिस्तानका जैक लैड्सबर्गले जग्गा खरिद गरेर अलग देशको नाम दिएर आफैले आफैलाई राष्ट्रपति घोषित गरेका छन् । जैक लैड्सबर्गले आफूले बनाएको नयाँ देशको नाम ‘रिपब्लिक अफ जाकिस्तान’ राखेका छन् । चार एकड क्षेत्रफलमा बनेको यो देश नजिकको शहरबाट ९६ किलोमिटर टाढा छ भने २४ किलोमिटर सडक रहेको छ ।

बाक्स एल्डर काउंटीमा स्थित यो जग्गा जैकले १५ वर्ष अगाडि अनलाइनबाट खरिद गरेका थिए । उनले रिपब्लिक अफ जाकिस्तानको एक संप्रभु राष्ट्रको रुपमा विकसित गर्न चाहेका छन् । यसको लागि उनले धेरै कोशिश गरिरहेका छन् । तर उनले भनेको जस्तै सजिलै काम सम्पन्न हुने सम्भावना कम छ ।

जैकले आफ्नो देश जाकिस्तानको सुरक्षाको लागि रोबोट गार्डको पनि व्यवस्था गरेका छन् । उनले जाकिस्तानको पासपोर्ट पनि जारी गरेका छन् । जैकको अनुसार सीमामा प्रवेश गर्ने र बाहिर जानको लागि मानिसहरुसँग पासपोर्टमा मोहर लगाउने प्रावधान बनाएका छन् ।

आश्चर्यको कुरा चाही जाकिस्तान देशको नाम दिने जैक आफै भने त्यो देशमा बस्दैनन् तर वर्षमा २ पटक पुग्ने गर्छन् । उनका साथीहरुले पनि जाकिस्तानको प्रंशसा गर्छन् । साथीहरुले पनि जैकको यो देश निकै राम्रो र शानदार भएकै कारण पटक–पटक पुग्ने बताउछन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्