Logo

प्रचण्डलाई बालुवाटार डाकेर ओली फुत्त क्याबिनेटमा पसेर बिघटन



काठमाडौं, १० पौष । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले आइतबार विहानै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गर्न लागेको सूचना पाएको खुलासा गरेका छन् । उक्त सूचना पाएपछि आफू दौडिएर बालुवाटार पुगेको र त्यस्तो कदम नचाल्न भनेको सुनाए ।

‘मैंले विहानै केपी ओलीजीले संसद बिघटन गर्न लागेको सूचना पाएपछि बालुवाटार पुगेर कुरा गरेको थिएँ, हामीबीच केही कुरा भएपछि ११ बजे खाना खाएर आउँछु भनेर गएँ,’ प्रचण्डले नेकपाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा भने,‘म टेलिफोनमा फेरि कुरा गरेर हतार हतार ९ः५० मा पुगेको त उहाँ ९ः ४५ मै क्याबिनेटमा छिरिसक्नुभएछ ।’ आफू पुग्दा सुवास नेम्वाङ बालुवाटारमै भएको र सोध्दा विधयेक फिर्ता गर्न पसेको जवाफ दिएको जानकारी दिए । तर, ओलीले क्याबिनेटबाट प्रतिनिधिसभा बिघटन गरेको खबर पाएको सुनाए ।

ओलीसँग संसद बिघटन रोक्न आफूले रातभर सोचेर दुईवटा विकल्प लिएर गएको खुलाए । ती विकल्पमा पार्टी एकता गर्दाको वरिपरिको सहमति वा विशेष सम्मेलन गरेर त्यसमार्फते समस्याको हल गर्ने रहेको बताए । तर, ती विकल्प प्रस्तुत गर्न नपाउँदै संसद बिघटन गरेको सुनाए ।

सहमतिका लागि स्थायी कमिटी सदस्य शंकर पोखरेल र सुवास नेम्वाङसँग सहमतिका लागि पटक पटक कुराकानी भएको पनि सुनाए । तर, त्यसलाई लत्याएर संसद बिघटन गरेको बताए ।



प्रतिक्रिया दिनुहोस्