Logo

शाहिद कपुरको पत्नी मीराले तेस्रो बच्चाको बारेमा दिइन् यस्तो जवाफ



एजेन्सी, १२ पुस । बलिउड अभिनेता शाहिद कपुर फ्यानको माझ जति चर्चित छन्, त्यत्ति नै उनकी पत्नी मीरा राजपुत पनि लोकप्रिय छिन् । फिल्म उद्योग भन्दा टाढा भएपनि सामाजिक सञ्जालमा मीराका फ्यान फलोइंग धेरै छन् । मीरा पनि फ्यानसँग कनेक्ट छिन् । उनले प्रायः शाहिरसँगको फोटो सेयर गरेकी हुन्छिन् ।

केही दिन अगाडि मीराले फ्यानहरुलाई आफुलाई प्रश्न सोध्न लगाएर इन्स्टाग्राममा कुराकानी गरेकी थिइन् । कुराकानीको क्रममा एक प्रयोगकर्ताले मीरालाई तेस्रो पटक गर्भवती हो भनेर सोधेका थिए । यस प्रश्नको उत्तरमा मीराले नो भनेर दिएकी छिन् । उनी मीशा र जैन दुई सन्तानका आमा हुन् ।

मीरालाई फ्यानहरुले फिल्ममा अभिनय गर्ने वारेमा सोधेका थिए त्यसको प्रतिउत्तरमा नो भनेकी थिइन् । मीरा विज्ञापनमा अभिनय गरिसकेकी छिन् । अब भने उनका फ्यानहरुले शाहिद कपुरको साथमा मीरालाई पनि फिल्ममा खेलेको हेर्न चाहेका छन् । उनले केही ब्रान्ड एन्डोर्स पनि गर्छिन् । साथमा राम्रो फिटनेस टिप्स पनि सामाजिक सञ्जालमा दिइरहेकी हुन्छिन् । उनी पनि आफ्नो फिटनेसमा निकै ध्यान दिन्छिन् ।



प्रतिक्रिया दिनुहोस्