Logo

पिताको खानपानले बच्चाहरुमा मोटोपन



डेनमार्कमा वैज्ञानिकहरुले गरेको एक अध्ययनमा पुरुषको तौल उसको शरीरमा भएको डिएनएबाट प्रभावित हुने देखाएको छ । पुरुषको तौलबाट सिधै असर भविष्यमा हुने उसका बच्चाको भोकलाई समेत असर गर्दछ ।

यस अध्ययनको अनुसार मोटा बाबुका बच्चा पनि मोटा हुनु कुनै आश्चर्य लाग्दो विषय होइन । अनुसन्धानको लागि १३ दुब्ला–पातला पुरुष र १० जना मोटा पुरुषको वीर्य लिइएको थियो । मोटा र पातला पुरुषको वीर्यका प्रकार फरक हुन्छन् । यी प्रकारको सम्बन्ध भोक नियन्त्रणसँग हुन्छ । यसले एक पुस्ताबाट अर्को पुस्ताको स्वास्थ्यमा प्रभावित पार्न सक्छ ।

विशेषज्ञको अनुसार बच्चाको स्वास्थ्यको लागि आमाले मात्र होइन बुवाले पनि खानपिनमा ध्यान राख्नु पर्छ । तर, आजसम्म बच्चाको स्वास्थ्यको लागि आमाले मात्र ध्यान दिदै आएका थिए । सामान्यतया बच्चाले जस्तो र जति खान्छ त्यस्तै उस्को शरीर हुन्छ भन्ने सोचलाई बदलेर अब बच्चाका पिताले के खान्छन् त्यो कुराले महत्वपुर्ण भुमिका खेल्ने भएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्