Logo

सवारी लाइसेन्सका लागि आवेदन खुला



काठमाडौं, पुस १३। कोभिडका कारण गतवर्ष चैतदेखि बन्द सवारीचालक अनुमतिपत्र (लाइसेन्स)का लागि आवेदन खुला भएको छ । मंगलवारदेखि लाइसेन्सका लागि आवेदन भर्न सकिने जानकारी यातायात व्यवस्था विभागले दिएको छ ।

चीनबाट शुरू भएको कोभिडको महामारी विश्वव्यापी हुँदै नेपालसम्म फैलिन थालेपछि सरकारले गतवर्ष चैत ११ देखि देशव्यापी बन्दाबन्दी गरेको थियो । गत साउनमा बन्दाबन्दी अन्त्य भएपछि लाइसेन्सका लागि आवेदन खोल्ने तयारी विभागले गरे पनि पुनः संक्रमणको जोखिमका कारण तत्काल आवेदन नखोल्ने निर्णय गरेको थियो ।

मंगलवारदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको स्वास्थ्य मापदण्ड पूरा गरी पुनः लाइसेन्सको सेवा सुचारु गर्ने निर्णय गरेको विभागका प्रवक्ता लोकनाथ भुसालले बताए । विभागले प्रादेशिक कार्यालयमार्फत लाइसेन्सका लागि परीक्षा लिने तयारी गरेको हो । सेवाग्राहीले अनलाइनमार्पmत फारम भरिसकेपछि मिति तोकेर लिखित तथा ट्रायल परीक्षा गरिने विभागका प्रवक्ता भुसालले बताएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्