Logo

प्रचण्ड-माधव नेपाललाई महेश बस्नेतको यस्तो चेतावनी (भिडिओसहित)



काठमाडौं, १३ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केपी शर्मा ओली पक्षधर नेता महेश बस्नेतले आफूहरु पार्टी कब्जामा भन्दापनि भ्रमको विरुद्धमा उत्रिएको स्पष्ट पारेका छन् । उनले आफूहरु देशव्यापी रुपमा दौडाहमा रहेको पनि जानकारी दिए । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले पार्टी कार्यालयको सम्बन्धमा प्रचण्ड र माधव नेपालले पार्टी फूटको घोषणा गर्न सक्नुपर्ने बताए । पार्टी कार्यालयका सम्बन्धमा दाहाल–नेपालले पेरिसडाँडामा दाबी गर्नु स्वभाविक भएको भएपनि धुम्बाराहीमा दाबी गर्नु गलत भएको उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्