Logo

‘चिताको पनि आत्मा हुने रहेछ थाहा भयो’



चिताको पनि आत्मा हुने रहेछ थाहा भयो
कैलेकाहीँ इश्वरपनि रुने रहेछ थाहा भयो
लाग्थ्याे यो मात्र मुर्दा मुर्दाहरुको शहर हो
कोही त अझैं मान्छेनै रहेछ थाहा भयो
उही पल कोहि उत्सव कोहि आँसुमा हुन्छ
यही बिधाताको नियमनै रहेछ थाहा भयो
सारा छोडेरै जानेहो आखिर घमण्ड के गर्नु
कफनहरुमा खल्ती नहुने रहेछ थाहा भयो
बिन्ती विश्वास आफैंमा कैले हरेस नखानु
मान्छेले पनि चन्द्रमा छुने रहेछ थाहा भयो
बिष्णु भण्डारी
(गुल्मी)
धन्यवाद!



प्रतिक्रिया दिनुहोस्