Logo

‘म नाङै छु’



:- शुलभ राज बराल
तिनिहरु फेरि आउछ्न
देशभक्तिको नारा लगाउछ्न
आकासमा उडि हिड्ने पन्छी भगाउछ्न
आकाशवाणी जसरी हराउछ्न
तिनिहरु फेरि आउछ्न
हामीलाइ बन्दुक बोकाउछ्न
सुर्य र चन्द्रमाको हत्या गर्न लगाउछन
 क्रान्तिको बनभोज खुवाउछ्न
क्रान्ति र शान्तिको बाचा जो गराउछ्न
तर तिनिहरु फेरि आउछ्न
कालो कोट लगाउछ्न
कालो अक्षर कालोपाटिमा लेखाउछ्न
हाम्रो मन कालो बनाउछ्न
सडकमा कालो पत्रे खन्याउछ्न
नयाँ मार्ग बनाएर देखाउछ्न
तर तिनिहरु फेरि आउछ्न
हामीलाइ मात्ने चिज खुवाउछ्न
भविष्यको प्याला पिलाउछ्न
र छन्दक बनाउछ्न
हामीलाइ वारी छाडि
तिनिहरु नदि पारी जान्छ्न
तर तिनिहरु फेरि आउछ्न
हामीलाइ किर्तनमा बोलाउछ्न
परलोकको साक्क्षातकार देखाउछ्न
धर्मलाइ कवाव जसरी सेकाउछ्न
नयाँ सिलालेखमा हाम्रो नयाँ नाउ लेखाउछ्न
हाम्रो नाऊ रामेश्वोर थियो
अहिले  हाम्रो नाम एस्थर हो
परमेश्वरले दिएको नयाँ नाउ
हाम्रो गाउँलाइ कछाडिया गाउँ भन्थे
अचेल परमेश्वरको गाउँ भन्द्छ्न
तिनिहरु फेरि आउछ्न
हामीलाइ होलि वाइन पिलाउछ्न
कठपुतली जसरी हामीलाइ हिलाउछ्न
हाम्रो नजन्मिएका सन्तानलाइ
नयाँ नाच नचाउछ्न
तिनिहरु फेरि आउछ्न
हाम्रो सम्बन्धहरु भाचिदिन्छ्न
हाम्रो विधान च्यातिदिन्छ्न
हामीलाइ सच्याउछ्न
हाम्रो घाटि अठ्याउछ्न
हाम्रो धोति र कमिज माग्छ्न
हाम्रो धोति र कमिज पट्याउछन
उनिहरुको दराज भित्र चावि लगाएर राख्छ्न
र हामीलाइ कोटपाइन्ट र टाई झिकेर दिन्छ्न
मलाई यो कपडा लाउन आउदैन
नाङो बस्न पनि लाज लाग्छ
तिनिहरु फेरि आउन चाहि आउछ्न
तिनिहरु नआउदै
कोहि एक सरो दौरा सुरुवाल लिएर आए नि हुने
म नाङै छु , म नाङै छु , म नाङै छु, म नाङै छु।!



प्रतिक्रिया दिनुहोस्