Logo

मदनकृष्णले दिवंगत पत्नीलाई सम्झँदै भने– मेरी श्रीमती बाँचीरहकी भए



काठमाडौं, १४ पौष । वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठकी पत्नी यशोधा श्रेष्ठको निधन भएको लगभग तीन वर्ष पुग्न लागेको छ । यसोधा लामो समयदेखि क्यान्सरबाट पिडित थिइन् । आज पुस १४ मदन कृष्णको पत्नी यशोधाको जन्म दिन हो । उनले सामाजिक सञ्जालमार्फत पत्नी यसोधाको जन्म दिन सम्झना गरेका छन् ।

‘मेरी श्रीमती बाँचीरहकी भए आज हामी उनको जन्मोत्सब मनाईरहेका हुन्थ्यौँ ।’ भन्दै मदन कृष्णले लेखेका छन, ‘संगै हुँदा हाम्रो जीवन खोला वारी र खोला पारीको बर र पिपल जस्तो हैन कि एउटै चौतारीमा उभिएर रमाई रहेका बर पिपल जस्तै थियौं । दरिलो, भरिलो, रसिलो, हँसिलो र जीवन्त थियो जिन्दगी । मेरो त्यो चौतारीको लहलहाउँदो पिपलको रुख ढलेको नि अब त दुई बर्ष नौ महिना भैसकेछ ।’

आजको यो विशेष दिनको अवसरमा मदन कृष्णले आफ्नै आवाजमा

“बर ढले पिपल एक्लै, पिपल ढले बर

जो ढले नि चौतारीको छाती चररर”

बोलको गीत रेकर्ड गरेको पनि जानकारी पनि दिएका छन् । उनले गीतलाई महसंचारको युट्युबमा राखेको बताएका छन् ।

चर्चित गीतकार प्रकट पंगेनीको शब्द, उनकै छोरा यमन श्रेष्ठको संगीत र आफ्नै स्वरमा गीत रेकर्ड भएको जानकारी दिएका छन् । मदनले चर्चित गीतकार प्रकट पंगेनीले आफुलाई नै सम्झिएर गीत बनाइदिएकोमा खुशी व्यक्त गरेका छन् । उनले दर्शकहरुको मायाले अझैपनि केही गर्न जोश र जागर आएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्