Logo

१८ जन्ममा १८ भाषा सिकेकोे एक महिलाको दाबी



नर्वेकी एक महिलाले १८ वटा भाषा बुझ्छिन् । तर उनले यी सबै भाषाहरु यो जन्ममा नभएर पछिल्लो १७ जन्ममा सिकेको दाबी गरेकी छिन् । मारिया जानसनले गरेको यो दाबीको हाल चौतर्फी चर्चा भइरहेको छ । उनी १८ वटा भाषा बुझ्न र बोल्न सक्छिन् । उनको अनुसार सबै भाषाहरु पुर्व जन्ममा मातृ भाषा थिए ।

मारियाले भनिन्, ‘जब म यी भाषा सिक्नलाई गए, तब मलाई पहिले नै आएको महसुस हुन थाल्यो । यसबारेमा मनोविश्लेषकसँग पनि कुरा गरे सबै जनाको कुरा त्यही आयो ।’

उनी अन्य देशमा जाँदा उनलाई भाषा त्यसैपनि आउने गर्छ । आफु नै आश्चर्य चकित भएको उनी बताउछिन् । घुम्न गएका देशहरुका मानिसहरुले भाषा जानेकै कारण आफुलाई आफन्तको जस्तै व्यवहार गरेको बताउँछिन् । मारियाले अंग्रेजी भाषाको साथै नर्वे, चीन, डेनमार्क, स्वीडेन र जर्मनी भाषा पनि बोल्छिन् र लेख्न पनि सक्छिन् । यसको साथै उनलाई बुल्गेरियन, सायबेरियन, पर्सिंयन, अफगानी, अरबी, हिन्दी, पालिश, टर्किश, इटेलियन र जापानी भाषा पनि बुझ्न सक्छिन् ।

मिररको अनुसार मारिया एक मल्टिलिंगुअल डिजिटल मार्केटिङ कम्पनी को सीइओ हुन्  र उनको यस दाबीलाई मनोवैज्ञानिकले पनि सही भनेका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्