Logo

ट्याक्सी चालकले ११ सय करोडमा पेन्टिङ खरिद गरे



चीनमा एक पुर्व ट्याक्सी चालक लियु यिकिअनले एक महिलाको न्युड पेन्टिङ ११ सय करोड रुपैयाँमा खरिद गरेका छन् । जुन आज सम्मको दोस्रो सबैभन्दा महंगो पेन्टिङ हो ।

यसलाई इतावलीक चित्रकार अमेदिओ मोदिग्लिआनीले बनाएका थिए । यसमा एक महिलालाई नग्न अवस्थामा देख्न सकिन्छ । लियुले पेन्टिङ आफ्नो प्राइवेट म्युजियममा राखेका छन् ।

चीनमा बस्ने लियु यिकिअनले अमेरिकी कार्डबाट पेन्टिङ खरिद गरेका हुन् । ट्याक्सी चालक लियु अरबपति हुन् । फोब्सको अनुसार एक अर्ब ३८ करोड डलर कमाउने उनी २३९ औं धनी व्यक्ति भएका छन् ।

लियुले चाँडैनै अमेरिकन एक्सप्रेस सेन्चुरियन कार्डको माध्यमबाट करोडौ रुपैयाँमा फेरी पेन्टिङ खरिद गर्दैछन् । क्रेडिट कार्डबाट खरिद गर्दा उनलाई केही मिलियन प्वाइन्ट पनि प्राप्त हुन्छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्