Logo

विष्णु पौडेलको प्रश्न : ‘वामदेव गौतम कहाँ हुन्छ, तपाईँलाई थाहा छैन् ? (भिडिओसहित)



काठमाडौं, १४ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केपी शर्मा ओली पक्षधर नेता विष्णु पौडेलले वामदेव गौतम आफूहरुकै पक्षमा रहेको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सचिवालयमा केपी ओली नै बहुमतमा रहेको दाबी गरे ।

पत्रकार धमलाले सचिवालयमा त ओली अल्पमतमा हुनुहुन्थ्यो नि ? भनेर सोधेको प्रश्नमा नेता पौडेलले भने,‘कसरी ? लु गनेर देखाउनुहोस त’ पत्रकार धमलाले वामदेव गौतमको नाम लिएर सचिवालयमा बहुमत सदस्यहरुको नाम गन्न थाल्दै गर्दा पौडेलले प्रतिप्रश्न गरे,‘कसरी ?’ धमलाले आजको दिनमा वामदेव केपी ओलीको क्याम्पमा त हुनुहुन्न नि भनेर राखेको अर्को प्रश्नमा फेरि पौडेलले थपे,‘कहाँ हुनुहुन्छ त उहाँ ?उहाँ कहाँ हुनुहुन्छ, तपाईँले देख्नुहुन्न ? यदि उहाँहरुसँग बहुमत थियो भने प्रयोग गरिसक्नुहुन्थ्यो ।’ हेरौं कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्

Screenshot