Logo

अष्ट्रेलियामा रातो रङ्गको केरा



हामीले आजसम्म हरियो रंगको केरा देखेका छौ र खाएका पनि छौ । तर अब अष्ट्रेलियामा उत्पादन हुने केरा एक प्रजाति रातो रंगको पनि छ । यसको रातो रङको केरालाई रेड डका भनिन्छ । अष्ट्रेलियामा उन्पादन भएको यो नयाँ प्रजातिको केरा खास विशेषता छ ।

रातो रङको केरा सुरुमा अमेरिकाको कोस्टारिकामा अनुसन्धान भएको थियो । रातो केरा वेस्टइीन्डज, मेक्सिको, जमैका, इक्वाडोर र अष्ट्रेलियामा पनि धेरै लोकप्रिय रहेको छ । यसको श्रेय भने ईस्ट अफ्रीका, साउथ अमेरिकाका केही देशहरुलाई दिने गरिन्छ । त्यहाँबाट पुरै विश्वमा निर्यात गरिन्छ । यो प्रजातीका केरा भारतको केरलामा पनि पाइन्छ । यो हल्का गुलाबी रङको हुन्छ र यसको स्वाद सामान्य तरिकाको जस्तै हुन्छ ।

रातो केरामा पाइने पोटासियम हर्ट मसल्स र डाइजेस्टिव सिस्टमलाई सहि तरीकाले प्रयोग गरेमा सहायकको काम गर्छ । यो रङको केरा मुटु र डायबेटिज रोग भएका मानिसहरुलाई विशेष भुमिका खेल्छ । भिटामिन सी भरिपुर्ण भएको यस फलमा ११० क्यालोरी हुन्छ । यसमा फ्याट, कोलस्ट्रोल र सोडियम हुँदैन् । यसमा २९ ग्राम कारबोहाइड्रेट र एक ग्राम प्रोटीन हुन्छ । एजेन्सी

 



प्रतिक्रिया दिनुहोस्