Logo

कमिलाको दिमागको रीप्रोग्राम गरेर व्यवहार बदल्न सकिने



अमेरिकामा गरिएको एक अनुसन्धानले कमिलाको दिमाग पुरै तरीकाले रीप्रोग्राम गर्न सकिने पत्ता लागेको छ । वैज्ञानिकहरुले गरेको खोजीमा कमिलाको दिमागमा रीप्रोग्राम गरे व्यवहार परिर्वतन गर्न सक्षम हुने लगाएका हुन् ।

यस अध्ययनले कमिलामा मात्र नभएर अन्य जनावरदेखि मानिसमा पनि बदल्न सकिने सम्भावना देखाएको छ । वैज्ञानिकहरुले लागुऔषधको प्रयोगबाट कमिलाको गतिविधिमा नियन्त्रण गरेर सफलता हासिल गरेका हुन् ।

यो अनुसन्धानको नतिजापछि अन्य जनावरमा पनि लागु गर्न सक्नेछन् । कमिला जस्तै मानिसमा पनि ठुला इपिजेनेटिक रेगुलेटर पाइन्छ । पेन्सिलवेनिया विश्वविद्यालयका प्रोफेसर शली बर्जरको नेतृत्वमा वैज्ञानिकहरुको एक समुहले कमिलाको दिमागको रीप्रोग्रामिंग गर्नको लागि इपिजेनेटिक कन्ट्रोल्सलाई शुन्य गरिदिएका थिए । यसबाट कमिलाको डीएनएमा स्थायी परिवर्तन गरेर बिना नै अन र अफ हुने गर्दथ्यो ।

जेनेटिक कन्ट्रोल गरेर कमिलाको रीप्रोग्रामिंग गर्न सम्भव भएको थियो । कमिला खानको खोजीमा घुमिरहन्छ र अन्य कमिलालाई पनि भर्ती गर्ने काम गर्छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot