Logo

रामशरण महतले गरे ओली र देउवाको आलोचना, ऋषि धमलासँग चर्काचर्की (भिडिओसहित)



काठमाडौं, १६ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरित संसद विघटन गरेको टिप्पणी गरेका छन् । ओलीको कदम गलत र आपत्तिजनक भन्दै आफ्नो पार्टीले वक्तव्य समेत निकालेको महतले सुनाए । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले न्यायालयप्रति आफूहरुको पूर्ण विश्वास रहेको सुनाए । संसदको विघटन वर्तमान संविधानले परिकल्पना नै नगरेको पनि उनले सुनाए । पार्टीको राजनीतिक हित र स्वार्थको लागि कुरा गर्दा निर्वाचन त विपक्षी दलको लागि अवसरको अवस्था भएपनि आफूहरुको स्वार्थको लागि संविधानको विपरित जान नमिल्ने उनको भनाई छ । हेरौं कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्