Logo

अनुष्का शर्माले बेबी बंपमा गरिन् फोटोशुट



एजेन्सी, १६ पुस । बलिउड अभिनेत्री अनुष्का शर्मा हाल गर्भवती समयमा आनन्द लिइरहेकी छिन् । अनुष्काले गर्भमा हुर्कदै गरेको बच्चाको साथमा सुन्दर तस्वीर सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । उनले वोग म्यागजीनको लागि आफ्नो बेबी बंपसँग फोटोशुट गराएकी हुन् ।

यो तस्वीरमा अनुष्का धेरै राम्री देखिएकी छिन् । उनका फ्यानले तस्वीरमा माया देखाइरहेका छन् । इन्टरनेटमा उनका फोटो तिव्र रुपमा भाइरल भएको छ । वोगले पनि इन्स्टाग्राममा फोटोशुटका केही तस्वीरहरु सेयर गरेको छ । यी तस्वीरमा अनुष्काले अलग–अलग आउटफिट्समा देखिएकी छिन् । वोग म्यागजिनले उनको तस्वीर जनवरी २०२१ मा प्रकाशित गर्नेछ ।

अनुष्काले फोटोशुटको बारेमा आफु गर्भवती भएको समयमा पनि यस्तो अवसर पाउनु कल्पना पनि नगरेको बताएकी छिन् । केही महिना अघि अनुष्का र विराट कोहलीले आमा बाबु बन्न लागेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका थिए । उनी यहि जनवरीमा नै आमा बन्दैछिन् ।



प्रतिक्रिया दिनुहोस्