Logo

कुकुरको बेइज्जत गरेको आरोपमा ३७ वर्षको कैद



थाइल्यान्डका राजा भुमिबोल अदुल्य देजले निकै माया गरेको कुकुर छ । कुकुरको नाम थोंगदियेंग हो । थाईल्यान्डमा राजाको कुकुरको पनि नाम कसैले लिन सक्दैन् । सबैले कुकुरलाई ‘खुन’ भनेर बोलाउनु पर्छ ।

तर भर्खरै मात्र एक व्यक्तिमाथि कुकुरलाई बेइज्जत गरेको आरोप लागेको छ । सजाय स्वरुप उनलाई ३७ वर्षको जेल सजाय हुन सक्ने बताइएको छ ।

प्रहरीले तानाकोरन नामका एक कम्पनीमा काम गर्ने व्यक्तिलाई गाली बेइज्जतीको आरोप लगाएर सेनाको अदालतमा पेश गरेको छ । तानाकोरनमाथि प्रहरीले सामाजिक सञ्जालमा कुकुर बनेर एक एनिमेटेड फिल्मको बनाएर व्यंग गरेको आरोप लगाएको छ ।

थाइ प्रहरीले मुद्दालाई बलियो बनाउन उनीमाथि अन्य पनि आरोप लगाएको छ । बहस हुन बाकी छ । तानाकोरनका वकिल एनान नुम्पाले कुकुरको बेइज्जतीको आरोप लाग्नु धेरै गजब भएको प्रतिक्रिया दिएका छन् । तर सेनाको नियममा जे पनि हुन सक्छ । किनकी थाईल्यान्डमा सरकारी फैसला र नीतिको विरुद्धमा बोल्नु धेरै टाढाको कुरा हो र यसलाई अपराध मानिन्छ ।

थाइल्यान्डमा धेरै उथलपुथल भएपछि राजा भुमिबोलले सत्ता आफ्नो हातमा लिएका थिए । उनी नै सेनाको सर्वोच्च कमान्डर हुन् । राजा र राजपरिवारको सम्मानमा ठेस पुग्ने कसैले काम गरेमा त्यसलाई देश द्रोही मानिन्छ । उनीहरुले पालेको कुकुर पनि सदस्य मध्ये एक हो त्यसकारण गाली बेइज्यतीको मुद्दा चलाइएको हो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्