काठमाडौं, १६ पौष । पूर्व राष्ट्रपति डा. रामवरण यादवले प्रतिनिधिसभाको बिघटनलाई असंवैधानिक भनेका छन् । उनले संसद बिघटनलाई सच्याउन सबै जिम्मेवार पक्षहरु लाग्नुपर्ने बताएका छन् । अदालतले संसद बिघटनको कदमलाई सच्याउने विश्वास व्यक्त गरे ।
बिहिबार तेज तीर्थ ट्रष्टले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै यादवले भने,‘संसद भंग असंवैधानिक ढंगले भयो, तयसलाई संवैधानिक बनाउन सबैमा जिम्मेवारी आएको छ ।’ अदालतप्रति सबैको विश्वास रहेको भन्दै न्याय हुने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटनका लागि कदम चालेर सिफारिश भई राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेपछि पूर्व राष्ट्रपति डा. यादवको पछिल्लो भनाई आएको हो ।




प्रतिक्रिया