Logo

रावणको अप्सरा रम्भासँग कस्तो सम्बन्ध थियो



रावण दुई पत्नीका पति थिए, तर कतै कतै भने उनको तेस्रो पत्नीको पनि व्याख्या गरिएको छ । उनको नाम भने गोप्य राखिएको छ हालसम्म खुलाईएको छैन् । रावणको पहिली पत्नीको नाम मन्दोदरी हो । उनी राक्षसराज मयासुरको छोरी थिइन् । दोस्री पत्नी धन्यमालिनी हुन् । र तेस्रो पत्नीको नाम अज्ञात छ । तेस्री पत्नीको हत्या रावणले गरिदिएको ग्रन्थहरुमा भेटिन्छ तर कुनै प्रमाण भने छैन ।

रावणले आफ्नी पत्नी हुँदा पनि वासनामा ध्यान दिन्थे । यसको साथै रावणले विष्णु भक्त तपस्विनी वेदवतीको शील भंग गर्ने प्रयास गरेका थिए । उनले तपस्यामा नै हुँदा आफ्नो देश त्याग गरेर एक महिलाको कारण तेरो मृत्यु हुने भन्दै श्राप दिए । उक्त मान्यता अनुसार उनै युवतीले सीताको रुपमा जन्म लिएकी थिइन् ।

रावण र रम्भाः वाल्मिकी रामायण अनुसार विश्व विजय गर्नको लागि रावण स्वर्ग लोक पुगे । जहाँ उनले रम्भा नामकी एक अप्सरा देखे । कामवासनामा डुबेर रावणले रम्भालाइृ जबरजस्ती समाते । रम्भाले आफुलाई स्पर्श नगर्न र ठुलो दाई कुबेरको छोरा नलकुबेरको लागि आरक्षित भएको बताइन् । रम्भाले आफु बुहारी समान भएको बताइन् । तर रावणले उनको कुरा सुनेन् र दुराचार गरिरहे । यो कुरा नलकुबेरले थाहा पाए र रावणलाई श्राप दिँदै भने, ‘आजको दिनपछि रावणले कुनै स्त्रिलाई इच्छा बिना स्पर्श गर्न पाउने छैन र यदि गरेमा उसको निधार सय टुक्रामा बाडिनेछ ।’ धार्मिक ग्रन्थको आधारमा



प्रतिक्रिया दिनुहोस्