Logo

लोमस फर्मास्युटिकल्सद्धारा पशुपति क्षेत्र विकास कोषलाई स्वास्थ्य-सूरक्षा सामग्री प्रदान



काठमाडौं, १७ पुस । लोमस फर्मास्युटिकल्स प्रा.ली.ले आज पशुपति क्षेत्र विकास कोषलाई स्वास्थ्य–सूरक्षा सामाग्री प्रदान गरेको छ । प्रा.ली.का ह्याण्ड एक्स स्यानिटाईजर विभागका निर्देशक प्रणवजंग पाण्डेले कोषका सदस्यसचिव डा. प्रदीप ढकाल र कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडालाई उक्त सामाग्री प्रदान गरेका हुन् । कोभिड–१९ को जोखिम कायमै रहेकोले र पाशुवत क्षेत्रमा भीडभाड हुने भएकोले आफूहरुले स्यानिटाईजर प्रदान गरेको पाण्डेले जानकारी दिए ।

यसअघि पनि आफूहरुले विभिन्न संघ÷संस्थाहरुलाई सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य–सूरक्षा सामाग्री प्रदान गरिसकेको पाण्डेको भनाई छ । उनले आगामी दिनमा आफूहरुले कोषसँग सहकार्य गर्दै आवश्यकत्ताअनुसार सामाग्रीहरु उपलब्ध गराउने विश्वास दिलाए । कोषका सदस्यसचिव ढकाल र कार्यकारी निर्देशक खतिवडाले आवश्यक स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेकोमा लोमस फर्मास्युटिकल्स प्रा.ली.लाई धन्यवाद दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्