Logo

प्रतिबन्धित भारतीय रुपैयाँ सहित पक्राउ



मोरङ, १७ पुस । प्रतिबन्धित भारतीय रुपैयाँ सहित एक युवक पक्राउ परेका छन् । विराटनगर मटेरुवा बोर्डरबाट ५ सय दरका १ सय ४ थान गरी जम्मा ५२ हजार प्रतिबन्धित भारतीय नोट सहित अररिया गिदवास भारत बस्ने २५ वर्षीय सुजित कुमारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

अस्थाई प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका सुजितलाई उक्त प्रतिवन्धित नोट सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्