Logo

रक्सी नपिउँदा पनि शरीरमा आफै रक्सी बनेपछि यी महिला गिरफ्तार



रक्सी पिए पछि मानिसलाई त्यसको मात लाग्छ । तर, एक महिलाले पपिउँदा पनि उनको शरीरबाट आफै रक्सी उत्पादन भएको छ । यसको एउटा कारण छ ।

आटो ब्रीवरी सिंड्रोम यो एक प्रकारको रोग हो । जुले मानिसको शरीरमा आफै अल्कोहल उत्पादन गराउछ । यो रोगमा जब गैस्ट्रोइंटेस्टिनल इस्ट सामान्य खानाबाट पाउने कार्बोहाइड्रेट एथेनलमा बदलिन्छ त्यसपछि शरीरमा रक्सीको मात्रा बढ्न थाल्छ ।

न्युर्योकको हैमवर्गमा यो रोगबाट पिडित एक महिलालाई ट्राफिक नियम तोडेको आरोपमा गिरफ्तार गरेको छ । तर पछि उनले वास्तवमा रक्सी नपिएको ठहर गर्दै अदालतले रिहा गरेको थियो ।

महिला वकिलको अनुसार रक्सी नपिउदा पनि उनी नशामा हुने गर्छिन् । उनलाई रक्सी पिएर सवारी साधन चलाएको आरोपमा ट्राफिक प्रहरीले पक्राउ गरेको हो । प्रहरीले जाँच गर्दा उनको शरीरमा चार गुणा भन्दा धेरै अल्कोहलको मात्रा थियो । यो रोग १९१२ मा देखा परेको थियो । त्यो समयमा यसको नाम कार्बोहाइड्रेट फर्मेटेंशन थियो । यो एक प्रकारको सिंड्रोम हो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्