Logo

युवराज घिमिरेसँग ऋषि धमलाको विशेष अन्तर्वार्ता (भिडिओसहित)



काठमाडौं, १७ पुस । वरिष्ठ पत्रकार तथा नेपाल-भारत मामिलाका जानकार युवराज घिमिरेले मुलुकको राजनीति अब अराजकतातर्फ अघि बढेको टिप्पणी गरेका छन् । उनले अराजकतालाई आँफैमा कुनै गन्तव्य भन्न नमिल्ने उल्लेख गर्दै अहिले यसले कुनै समाधान वा निकास दिने सम्भावना पनि नदेखिएको सुनाए ।

आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले संसद भंग भएकोले अहिलेको संविधान सस्पेन्डेड भएको अवस्था पनि सुनाए । मुलुक अब अप्ठ्यारो पस्थितिमा पर्नसक्ने सम्भावना आफूले देखेको घिमिरेको भनाई छ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेशमा जान्छु भन्नु गलत भएको पनि उनको टिप्पणी छ । उनले प्रधानमन्त्री ओलीले यस्तो कदम चाल्नुको कारण जे जे सुनाएपनि संविधानले संसद विघटन गर्ने छुट नदिएको सुनाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot