Logo

प्रचण्ड र नेपाललाई ओलीको व्यङ्ग्यः भेट्नु कुहिएर झरेका दुईवटा फलले रुखै मेरो हो भन्ने ?



काठमाडौं, १८ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई भेट्नु कुहिएर झरेका फलको संज्ञा दिएका छन् । उनले झरेका दुईवटा फलले रुखै मेरो हो भन्न नमिल्ने भन्दै व्यङ्ग्य गरे ।

भेट्नु कुहिएर झरेका दुईवटा फलले रुखै मेरो हो भनेर दाबी गर्ने ? ओलीले शनिबार राजधानीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भने । उनले दुईवटा नटबोल्ट फुस्किएर पार्टी फुटेको तर्क गरे ।

निर्वाचन आयोगमा पार्टीको वैधानिकताको दाबी गर्न प्रचण्ड समूह पुगेकोमा उनले व्यङ्ग्य गर्दै घरधनीले घर मेरो हो भनेर निवेदन हाल्न जानुनपर्ने तर्क गरे । आफूहरुले पार्टी बनाएकाले दाबी गर्न जानुनपर्ने तर्क गरे । घरमूलीलाई घरबाट निकाल्न खोजेको भन्दै ओलीले प्रचण्डको आलोचना गरे ।

ओलीले अधिकांश समय प्रचण्ड र माधवकुमार नेपालको आलोचनामा समय खर्चिएका थिए । उनले पार्टी एकता गर्न आउन अझै मौका रहेको समेत बताए ।



प्रतिक्रिया दिनुहोस्