Logo

नेताहरूले देश बिगारे



नेताहरूले देश बिगारे

म पढेलेखेको र भद्र मान्छे,
म संयमित हुनपर्छ बोल्नु हुँदैन
मैले लेख्नु हुदैन तर्क गर्ने हुदैन
किनकी म पदमा भएको मान्छे
मैले राजनीति त झनै गर्ने हुदैन
म पढाइमा अब्बल र राम्रो मान्छे
देशको चिन्ता र पीर लाग्छ खुबै
तर पदले र लोभले बोल्नै दिदैन
म त काम गरेर तलब बुझ्ने मान्छे
म राजनीति बिग्रेको देख्छु
म न्यायमुर्तिको अन्याय देख्छु
म निती व्यवस्था हारेको देख्छु
म राज्य ढुकुटीको दुरुपयोग देख्छु
म व्यावसायिकतामा बेइमानी देख्छु
म ब्वाँसाहरुले सिंह नचाएको देख्छु
म राजनेता चौरमा नाङ्गीएको देख्छु
म जताततै पैसाको चलखेल देख्छु
सर्वज्ञाता म, तर चुपचाप बस्छु
किनकी मेरो तलब रोकिएको छैन
चुपचाप रमिता जस्तै गरी सबै हेर्छु
विवेक बन्दगी राखेर स्वार्थ हेरेको म
पढाइमा राम्रो र जागीरमा अब्बल म
मेरो पदले दिँदैन , मर्यादाले दिदैन
ज्ञानी म, जागीरे म, लोभी म
चुपचाप सबै कुरा हेर्छु र सहन्छु
अनी भन्छु नेताले देश बिगारे !!

-मनोज ज्ञवाली



प्रतिक्रिया दिनुहोस्