Logo

सहुलियतपूर्ण कर्जाको प्रभावकारिता अध्ययन गरिँदै



काठमाडौं, पुस २० । सरकारले बजेटमार्फत घोषणा गरेको सहुलियतपूर्ण कर्जा कार्यान्वयनलाई थप प्रभावकारी बनाउन राष्ट्र बैंकमार्फत अध्ययन गर्ने भएको छ ।

सहुलियतपूर्ण कर्जा वितरण गरिए पनि लक्षित वर्गसम्म अझै पनि पुग्न नसकेको गुनासाहरू आएपछि हालै मात्र अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा अर्थ मन्त्रालयमा बसेको वित्तीय समन्वय समितिको बैठकले सहुलियतपूर्ण कर्जाको प्रभावकारिता र कार्यान्वयनको अवस्थाबारे राष्ट्र बैंकलाई अध्ययन गर्न दिने निर्णय गरेको अर्थ मन्त्रालयका सहसचिव रामेश्वर दंगालले बताएका छन् ।

‘अर्थमन्त्रीले सहुलियतपूर्ण कर्जाबारे विशेष चासो देखाउनुभयो । उक्त कर्जाहरूको प्रभावकारिताबारे अध्ययन गरी आगामी बैठकमा प्रतिवेदन पेश गर्न राष्ट्र बैंकलाई जिम्मा दिने बैठकले निर्णय गर्‍यो,’ उनले भने ।

सरकारले यो वर्ष मात्रै कोरोनाबाट प्रभवित भएका निजीक्षेत्रको उत्थानका लागि व्यवसाय निरन्तरता कर्जा कार्यक्रम ल्याएको थियो । तर, त्यसको प्रभावकारी कार्यान्वयन अभैm हुन सकेको छैन । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्