Logo

सूर्यविनायकमा एनआईसी एशियाको विस्तारित



काठमाडौं, पुस २०। एनआईसी एशिया बैंकले भक्तपुरस्थित सूर्यविनायक नगरपालिका कार्यालय परिसरमा विस्तारित काउन्टर सञ्चालनमा ल्याएको छ । काउन्टर सेवा उद्घाटन पूर्वमन्त्री महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा र बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले संयुक्त रूपमा गरे ।

बैंकले देशभरमा ३ सय ३३ शाखा, ४ सय ७१ एटिएम, ९३ वटा एक्सटेन्सन काउन्टर एवं ७६ वटा शाखारहित सेवामार्फत बैंकिङ सुविधा प्रदान गरिरहेको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानलगायत बैंक तथा वित्तीय संस्थाको उपस्थिति न्यून रहेका दुर्गम जिल्ला तथा कुनै पनि बैंक तथा वित्तीय संस्था नपुगेका ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी कारोबार सञ्चालन गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्