Logo

घुम्ती रक्तदानमा १६३ युनिट रगत सङ्कलन



पोखरा, २० पुस । रक्तसञ्चार केन्द्र रामघाटमा रगतको अभाव भएपछि यहाँको एक संस्थाले गरेको सप्ताहव्यापी घुम्ती रक्तदान कार्यक्रममा १६३ युनिट रगत सङ्कलन भएको छ । पोखरा चेम्बर अफ कमर्श कास्कीको दोस्रो वार्षिकोत्सवको अवसरमा पोखराका विभिन्न छ स्थानमा गरिएको खुल्ला रक्तदान कार्यक्रममा १६३ युनिट रगत सङ्कलन भएको हो । पोखराको विपिचोकमा २९, विरौटाचोकमा ४४, अमरसिंहचोकमा २१, बगरमाम २९, बूढीबजारमा २० र पृथ्वीचोकमा २० युनिट रगत सङ्कलन भएको संस्थाका सचिवालय सदस्य एवं कार्यक्रम संयोजक रविबहादुर विकले जानकारी दिए । रक्तसञ्चार केन्द्र रामघाटको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा लगभग २० प्रतिशत महिलाको सहभागिता रहेको थियो ।
साताव्यापी कार्यक्रमअन्तर्गत पोखराको मुख्य बजार पृथ्वीचोकमा भएको रक्तदान कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले रक्तदाता समिता रोकालाई ब्लडब्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गर्दै रक्तदानमा सबैको साथ र सहयोगको खाँचो औँल्याए । निजी क्षेत्रको सहकार्यमा गण्डकी प्रदेशको आर्थिक नीति निर्माण गर्ने बताउँदै उनले उद्योगी व्यवसायीको हक, हितका साथै व्यवसाय प्रवद्र्धनका लागि आफ्नोतर्पmबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस



प्रतिक्रिया दिनुहोस्