Logo

चन्द्रमाबाट ढुंगा ल्याउन नासाले १ डलर दिने



वसिङटन, २० पुस । हामी सामान्य सामाना ओसार्नका लागि पनि कयौ रुपैयाँ खर्च गर्छौ । स्थानीय स्तरमै पनि सामग्री ओसार पसारका लागि दुरी हेरेर सय, हजार वा सो भन्दा पनि बढी रुपैयाँ लाग्न सक्छ । पृथ्वीको उपग्रह मानिएको चन्द्रमाबाट केही चिज ल्याउनका लागि कति लाग्ला? यसको खर्च करोडौ डलर हुन सक्छ । तर, यसका लागि केवल १ डलर मात्रै खर्च दिइयो भने तपाई अचम्ममा पर्न सक्नु हुनेछ । हो यस्तै भएको छ । अमेरिकी स्पेस कम्पनी नासाले एक कम्पनीलाई चन्द्रमाबाट ढुंगा ल्याउनका लागि १ अमेरिकी डलर मात्रै दिने भएको छ । लुनार आउटपोष्ट नामक कम्पनीलाई नासाले यो ठेक्का दिएको हो । नाासाका अनुसार यो नमुना ५० ग्रामदेखि ५०० ग्राम सम्मको हुनेछ ।
अमेरिकाको कोलोराडोस्थित लुनाार आउटपोष्ट एक रोबोटिक्स कम्पनी हो । नासासँगको सम्झौता अनुसार यो कम्पनीले चन्द्रमाको दक्षिणी ध्रुवको ढुंगा ल्याउने छ । यसबाट चन्द्रमाको सतहबाट संसाधान निकाल्ने प्रेरणा मिल्ने बताइएको छ ।
यो मिशनबाट ठूलै परिवर्तन आउने बताइएको छ । खासगरी यो अन्तरिक्षको खोजीको विषयमा हुने छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्