Logo

मेलम्चीको ९९ प्रतिशत काम सकियो, चैतसम्म घरघरघमा पानी !



पुष २०, काठमाण्डौ । पटक पटक मिति तोकेर पनि निर्माण सम्पन्न हुन नसकेको मेलम्ची खानेपानी आयोजना ९९ प्रतिशत काम सकेर पनि अलपत्र परेको छ । तर अबको साढे दुई महिनाभित्रमा मेलम्ची खानेपानी आयोजनाको काम सकिने अर्को मिति घोषणा भएको छ । पानीको पर्खाइमा रहेका काठमाण्डौबासीले भने सरकारी निकायको दावीलाई विश्वास गर्न सकेका छैनन् ।

राजधानीवासिको खानेपानीको सपनाका रुपमा रहेको चर्चित तथा बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना सम्पन्न भई राजधानी ल्याइने भनिएको पनि २० वर्ष बितिसक्यो । तर अहिलेसम्म पनि योजना निर्माण सम्पन्न हुन नसक्दा मेलम्चीको पानी पिउने राजधानीवासिको सपना अधुरै छ । अहिले यो आयोजनाको निर्माण कार्य ९९ प्रतिशत सम्पन्न भएको सरकारी दावी छ । मेलम्ची खानेपानी विकास समितिले चैत अर्थात अप्रिलसम्ममा घरघरमा पानी वितरण गर्ने गरी काम भइरहेको जनाएको छ । समितिका सुचना अधिकारी राजेन्द्रप्रसाद पन्तले घर घरमा पाइप विछ्याउने र पानी जम्मा गर्ने ट्यांकी निर्माणको धेरै जसो काम सकिएको जानकारी दिए ।

यता काठमाडौं उपत्यकका सर्वसाधारणहरु भने अझै पानी आउने भन्नेका विश्वास गदैनन् । विगतमा पटकपटक मिति तोकेर पनि काम सम्पन्न नभएको तितो यथार्थ देखेका सर्वसाधारणले मेलम्चीको पानी घरघरमा पुग्ला भनेर विश्वास गर्नै छोडेका छन् ।

आयोजनामा करिव ३१ अर्व रुपयाँ लगानी भईसकेको छ । यसको अनुमानित खर्च करिव ३२ करोड अमेरिकी डलर अर्थात ३५ अर्व नेपाली रुपयाँ रहेको छ ।

दैनिक १७ करोड लिटर पानी सिन्धुपाल्चोकको मेलम्चीबाट राजधानी लैजाने भनेर सन् १९९८ देखि आयोजना शुरु भएको थियो । यस अवधिमा अर्बौं लिटर पानी मेलम्चीमा बग्यो, त्यस सँगै आयोजना निर्माणका क्रममा अर्बौं रुपयाँ पनि सकियो तर अहिले सम्म योजना सम्पन्न भएको छैन ।



प्रतिक्रिया दिनुहोस्